कोशी


गोठमा आगो लाग्दा ३ लाख बराबरको क्षति

गोठमा आगो लाग्दा ३ लाख बराबरको क्षति

नेपालखबर
चैत २७, २०८२ शुक्रबार ७:४३, विराटनगर

झापाको कनकाई नगरपालिकास्थित गोठमा गएराति आगलागी भएको छ। 

कनकाई नगरपालिका वडा नम्बर ६ चम्पापुर निवासी टंकप्रसाद फुयालको गोठमा अचानक आगलागी भएको हो।

​बिहीबार राति करिब १० बजे काठ र टिनले बनेको एकतले गोठमा भएको आगलागीले पराल र काठपात गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

आगलागीमा पशुचौपाया भने क्षति नभएको बताइएको छ। 

आगलागी नियन्त्रण गर्न अस्थायी प्रहरी पोस्ट (दुर्गापुर) र इलाका प्रहरी कार्यालय (अनारमनी) बाट खटिएका टोली, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकल खटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad