कोशी


कोसीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित

कोसीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित

नेपालखबर
माघ ११, २०८२ आइतबार १६:५९, विराटनगर

आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धनका महिला उम्मेदवार नेकपा एमालेका रोशनी मेचे निर्वाचित भएकी छिन्। 

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा  सम्पन्न मतगणना अनुसार मेचेले ७ हजार १ सय ७३  मतभार प्राप्त गर्दै निर्वाचित भइन्।

उनकी प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपानेले २ हजार २ सय ६८ मतभार मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा प्रदेश सभाका ९३ सदस्य र स्थानीय तहका २ सय ७४ जनप्रतिनिधिले मतदान गरेका थिए।

कोसीका अन्य क्लस्टरहरूको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad