कर्णाली


राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

नेपालखबर
माघ ११, २०८२ आइतबार १७:०, सुर्खेत

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिं रखाल विजयी भएका हुन्।

शाही कांग्रेस र रखाल एमालेकी हुन्।

अन्य कलष्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिष्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बने।

यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन्।

रखाल महिला कलष्टरबाट विजयी भएकी हुन्। मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad