कोशी


ओलीले केन्द्रीय सदस्यमा मात्रै राखेपछि लालबाबुले दिए सचिवमा स्वतन्त्र उम्मेदवारी

ओलीले केन्द्रीय सदस्यमा मात्रै राखेपछि लालबाबुले दिए सचिवमा स्वतन्त्र उम्मेदवारी

फाइल तस्बिर


सुमन सुस्केरा
मंसिर २९, २०८२ सोमबार १६:५०, विराटनगर

नेकपा एमालेका नेता लालबाबु पण्डितले ११ औँ महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिएका छन्। 

नेपालखबरसँगको कुराकानीमा पण्डितले आफू पार्टी संगठनलाई थप सुदृढ बनाउन र विचार, नीति तथा नेतृत्वलाई बलियो बनाउन सचिव पदमा उम्मेदवारी दिएको बताए।

पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै संगठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले अहिलेलाई सचिव पदको उम्मेदवारी दर्ता गराएको बताए। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यको सूचीमा रहेका पण्डितले आफू सँधैँ केन्द्रीय सदस्य भएर बसिरहन नसक्ने बताए। 

‘कहिलेसम्म केन्द्रीय सदस्य भएर बस्ने हो र?,’ पण्डितको भनाइ छ, ‘अरु कुरा त्यस्तै हो मैले सचिव पदमा उम्मेदवारी दिएको छु।’

उनले १० औँ महाधिवेशनमा समेत पदाधिकारीमा दावी गर्दै आएका थिए। पदाधिकारी नपाउने भएपछि पण्डितले महाधिवेशन स्थल नै छाडेर हिँडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad