चालू आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भई ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (रु.१४९ अर्ब ८४ करोड) ले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको थियो।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो।
कस्तो छ कर्जा प्रवाहको अवस्था?
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत (रु.६५ अर्ब ४ करोड) ले बढी रु.५५६२ अर्ब ७५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१२८ अर्ब ४७ करोड (२.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ। कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको
लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ ।
२०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत र वित्त बिमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४ प्रतिशत, क्यास क्रेडिट कर्जा १.८ प्रतिशत, हायर पर्चेज कर्जा
१.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.१ प्रतिशत र आवधिक कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४.९ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले घटेको छ।
Shares

प्रतिक्रिया