कोशी


ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

घटनास्थल


नेपालखबर
मंसिर ३, २०८२ बुधबार ९:५७, विराटनगर

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुदा ४ घर जलेका छन्।

मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा गएराति आगलागी भएको हो। 

आगलागीबाट तेम्बा बजारका चार घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

राति करिब ११ बजेतिर आगलागी भएको हो।

आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ।

आगलागी भएका सबै घरमा पसल थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad