काेसी प्रदेश याेजना आयाेगकाे उपाध्यक्षमा विराटनगरका तारानाथ निराैलालाई नियुक्ति गरिने भएको छ।
संघ र प्रदेश सरकारकाे विज्ञका रूपमा काम गरिरहेका निराैला उद्यम, व्यवसाय, तथा वित्तीय क्षेत्रमा विज्ञ मानिन्छन्।
उनले संघीयतामा प्रदेश र स्थानीय तहकाे बिचमा कर क्षेत्र सुधारमा अध्ययन गरिरहेका थिए।
विराटनगरका स्थायी बासिन्दा निराैलालाई आजै बस्ने प्रदेश मन्त्रिपरिषद्काे बैठकले उपाध्यक्षमा नियुक्ति गर्ने मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएको छ।
यसअघि २०८१ जेठ ७ गते प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्ति गरेको थियाे। तर उनले कात्तिक १९ गते राजीनामा दिएपछि नयाँ नियुक्ति गर्न लागिएको हो।
99
Shares

प्रतिक्रिया