कोशी


झापाको दमकमा सवारी दुर्घटना, पैदलयात्रीको  मृत्यु

झापाको दमकमा सवारी दुर्घटना, पैदलयात्रीको  मृत्यु

नेपालखबर
असोज ६, २०८२ सोमबार १८:५५, विराटनगर

झापा जिल्लाको दमक नगरपालिका-५, आम्दा रोडस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी ४२ वर्षीया देवी बिकलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। टाउको, हात र खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको घाइते बिकलाई तत्काल उपचारका लागि आम्दा अस्पताल लगिएको थियो। 

दुर्घटना पछि गम्भीर घाइते बिकलाई दिउँसो चिकित्सकले  मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका-६ का २३ वर्षीय निराजन बिष्टलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad