राजनीति


किन भक्कानिए उद्योगमन्त्री सिन्हा?

किन भक्कानिए उद्योगमन्त्री सिन्हा?

नेपालखबर
असोज ६, २०८२ सोमबार १९:२, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सोमबार (असोज ६) सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दैगर्दा भक्कानिएका छन्। 

देशमा सुशासन, रोजगारको प्रत्याभूति खोज्दा युवाहरूले ज्यान गुमाउनु परेको भन्दै उनी भक्कानिएका हुन्।   

'भदौ २३ र २४ को दृश्य सम्झिरहेको छु। मैले त्यो फोटो र भिडियो देखेको छु, झलझल्ती आउँछ अहिले पनि। सर्वप्रथम म श्रद्धाञ्जली भन्न चाहन्छु,' उनले भने, 'छोटो समयमा यही गर्न सकिन्छ भन्ने छ छैन, तर आन्दोलनको क्रममा ज्यान गुमाउने र घाइतेहरूका परिवारलाई रोजगारी चाहिएको छ भने अहिले सञ्चालनमा रहेका उद्योगमा रोजगारी दिलाउन पहल गर्छु।'  

उद्योगधन्दालाई प्रोत्साहन गरे मात्र देश समृद्ध हुने उनको भनाइ छ। उनले वैदेशिक रोजगारीमा गएका युवालाई पुनः त्यहीँ जान नपर्ने गरी सीप दिलाउने प्रयासमा लाग्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad