कोशी


संविधान दिवसमा विराटनगरमा पत्रकारद्वारा दीप प्रज्ज्वलन

संविधान दिवसमा विराटनगरमा पत्रकारद्वारा दीप प्रज्ज्वलन

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १८:६, विराटनगर

संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले शुक्रबार साँझ विराटनगरस्थित आफ्नै प्राङ्गणमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महासंघ कोशी प्रदेशका पदाधिकारी, मोरङ शाखाका प्रतिनिधि तथा सदस्यहरु सहभागी थिए।

साथै प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका प्रदेश तथा जिल्ला संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

पत्रकारहरुले ‘संविधानको रक्षा गरौँ, सुशासन कायम गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित दीप प्रज्वलनमा सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागीहरुले संविधान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी यसको महत्वबारे समाजमा सचेतना फैलाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले वर्तमान राजनीतिक अवस्थाका बीच संविधानको महत्व अझ बढेर गएको बताए।

उनले भने, ‘जेनजीको आन्दोलनपछि संविधानको आवश्यकता र यसको संरक्षणप्रति सबै सचेत बन्नु जरुरी भएको छ। संविधानको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।’

संविधान दिवस २०८२ को सन्देशस्वरूप सञ्चारकर्मीहरुले दीप प्रज्वलनमार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता र सुशासनप्रतिको प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad