कोशी


दमक नगरपालिकामा प्रदर्शनकारीद्वारा आगजनीको प्रयास, प्रहरीसँग झडप

दमक नगरपालिकामा प्रदर्शनकारीद्वारा आगजनीको प्रयास, प्रहरीसँग झडप

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:११, विराटनगर

भ्रष्टाचार र बेथितिको विरोधमा प्रदर्शनमा उत्रिएका भनिएका जेनजी प्रदर्शनकारीले झापाको दमक नगरपालिकामा आगजनीको प्रयास गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय झापाले उनीहरुले नगरपालिका परिसरमा तोडफोड गर्दै आगजनी गर्ने प्रयाससमेत गरेको जनाएको छ।

प्रदर्शनकारीको तोडफोडका क्रममा सामान्य क्षति भए पनि ठूलो क्षति भने भएको छैन। आगजनी गर्ने प्रयासलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

नगरपालिका भित्र पार्किङमा राखिएका ४ वटा मोटरसाइकल र ट्राफिक प्रहरीको एउटा गाडीमा आगो लगाएको बताइएको छ। 

झापा प्रहरीका अनुसार अबस्था तनावग्रस्त भएपछि गोली चलाउनु परेको हो। झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले झडप भएको जानकारी आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad