राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।
सोमबार दिउँसो ४ बजे बस्नेगरि बैठक आह्वान भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
‘जेनजी पुस्ताको आन्दोनलमा सरकारले व्यापक दमन गरेको छ। यही विषयमा हामीले सचिवालय बैठकमा छलफल गर्न लागेका हौँ,’ झाले नेपालखबरसँग भने।
बानेश्वरको संसद् भवन केन्द्रीत भएर जेनजीले गरेको आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एकसय भन्दा धेरै घाइते भएका छन्। अहिलेसम्म मृतककाे पहिचान खुलेकाे छैन।
प्रहरीको गोली लागेर तीनजना पत्रकार पनि घाइते भएका छन्।
आन्दोलनमा घाइते भएकाहरूको बानेश्वरकाे सिभिललगायतका अस्पतालमा उपचार भइरहेको छ।
9
Shares

प्रतिक्रिया