कोशी


विराटनगरमा मध्यराति घरभित्र पसेर किरिया बसेकै ठाउँमा आक्रमण

विराटनगरमा मध्यराति घरभित्र पसेर किरिया बसेकै ठाउँमा आक्रमण

नेपालखबर
भदौ ११, २०८२ बुधबार १०:१७, विराटनगर

मोरङको विराटनगर महानगरपालिका-११, पिचरामा किरियामा बसिरहेको परिवारलाई आक्रमण गरिएको छ।

श्रीमतीको किरियामा बसेका बेला स्थानीय हरिनारायण कामतसहित उनका छोराहरू किरण कामत र सन्तोष कामत तथा छोरी काली कामतलाई सोमबार मध्यराति हमला गरिएको हो। 

राति करिब ११ बजेतिर रक्सीले मातेका स्थानीय प्रमोद सहनी र सुनील सहनीले घरभित्र पसेर किरियामा बसिरहेकै ठाउँमा कुटपिट गरेको पीडितहरूले बताएका छन्।

घटनापछि पीडित परिवारले तत्काल बखरी प्रहरी चौकीलाई खबर गरे पनि आक्रमणकारी भागिसकेका थिए। 

त्यसपछि वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मंगलबार दिउँसो दुवैलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले किरिया पुत्रीहरूमाथि आक्रमण गर्ने दुवै जनालाई हिरासतमा राख्न अदालतबाट ७ दिनकाे म्याद लिइएको जानकारी दिइन्।

उनले भनिन्, ‘किरियामा बसेको अवस्थामा भएको आक्रमण अत्यन्तै गम्भीर विषय हो। उजुरी परेपछि दुवैलाई पक्राउ गरी गहन अनुसन्धान भइरहेको छ।’

मोरङ प्रहरीले दुवै आरोपितविरुद्ध अभद्र व्यवहार र कुटपिटको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

आक्रमण गर्नुको कारण लामो समयदेखिको जग्गा विवाद रहेको बताइएको छ।

विराटनगर-११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जमिनमा कामत परिवार ३५ वर्षदेखि बसिरहेको छ।

त्यहाँबाट हट्न दबाब दिँदै आफूहरूलाई आक्रमण गरिएको पीडितहरूको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad