राजनीति


कर्णाली प्रदेश समितिको बैठकमा प्रचण्डको भर्चुअल सम्बोधन: गुटबन्दी गर्न दिइने छैन

कर्णाली प्रदेश समितिको बैठकमा प्रचण्डको भर्चुअल सम्बोधन: गुटबन्दी गर्न दिइने छैन

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८२ बुधबार १०:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा कसैलाई पनि गुटबन्दी गर्न छुट नदिइने बताएका छन्। 

बुधबार बिहान माओवादी केन्द्र कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यममार्फत  सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र कसैलाई पनि गुटबन्दी गर्न नदिइने बताएका हुन्।

‘पार्टीभित्र द्वन्द्व सृजना हुन दिइँदैन। गुटबन्दी, अराजकता र अनुशासनहीनता अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाइनेछ,’ प्रचण्डले भने।

उनले पछिल्लो सयम माओवादीप्रति जनआकर्षण बढ्दै गएको पनि उनले दावी गरे।

स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघलगायतका संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारले जित हात पारेको भन्दै प्रचण्डले यो विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad