कोशी


सुनसरीको सप्तकोसी चतरामा १ घण्टामै भारी वर्षा, मौसम विभागले जारी गर्‍यो चेतावनी

सुनसरीको सप्तकोसी चतरामा १ घण्टामै भारी वर्षा, मौसम विभागले जारी गर्‍यो चेतावनी

वर्षाको विवरणबारे मौसम विभागले जारी गरेको नक्सा


नेपालखबर
साउन ३१, २०८२ शनिबार ५:४२, काठमाडौँ

सुनसरीको सप्तकोसी चतरामा भारी वर्षा भएको र थप पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई बाढीबाट सजग रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

विभागले आज (शनिबार) बिहान ५:३५ बजे चेतावनी जारी गरेको छ। 

जसमा भनिएको छ, ‘पछिल्लो १ घण्टामा सुनसरी जिल्लास्थित सप्तकोसी चतरा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप पानी पर्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाब केही बढ्न सक्ने, तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad