कोशी


विराटनगरका मारवाडी युवा क्यासिनोको लतमा, हस्तक्षेप गर्न प्रशासनसँग आग्रह

विराटनगरका मारवाडी युवा क्यासिनोको लतमा, हस्तक्षेप गर्न प्रशासनसँग आग्रह

नेपालखबर
साउन २७, २०८२ मंगलबार २१:५०, विराटनगर

मारवाडी युवा मञ्च विराटनगरले स्थानीय क्यासिनोमा मारवाडी युवाको बढ्दो आवतजावतले उद्योग–व्यापारमा विनाशकारी असर पारिरहेको आरोप लगाउँदै तत्काल नियन्त्रणका लागि प्रशासनलाई हस्तक्षेप गर्न आग्रह गरेको छ।

मंगलबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मञ्चका अध्यक्ष मोहित लालवानीले भने, ‘क्यासिनोमा मारवाडी युवाहरूको लतजस्तो आवतजावतले हाम्रो व्यापार तहसनहस हुने अवस्थामा पुगेको छ। यो अब केवल मनोरञ्जनको कुरा होइन, समुदायको आर्थिक अस्तित्वसँग सरासर जोडिएको संकट हो।’

मञ्चका पदाधिकारीहरूका अनुसार विराटनगरका दुई क्यासिनोमा मारवाडी युवाले भारतीय आइडी कार्ड देखाएर सहजै प्रवेश पाउँदै आएका छन्। उनीहरूले यस्तो ‘खुला ढोका नीति’ तत्काल बन्द गरी, आवश्यक छानबिनपछि मात्र प्रवेश अनुमति दिनुपर्ने माग राखे।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले युवालाई जुवा र कुलत जस्तो नकारात्मक क्रियाकलापबाट टाढा राखी उद्यम र उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्नुपर्ने सुझाव दिइन्।

अन्तर्राष्ट्रिय युवा दिवसकै दिन मञ्चले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टामा १२ सामाजिक कार्यक्रम सञ्चालन गरेको थियो। टि टाइम, वृद्धाश्रममा भोजन सेवा, आँखा शिविर, औषधि वितरण, वृक्षारोपणलगायतका गतिविधिबाट मञ्चले सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad