कोशी


बिर्तामोडमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

बिर्तामोडमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

नेपालखबर
असार २९, २०८२ आइतबार २२:२, झापा

झापा जिल्लाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टास्थित एक घरमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

आईतवार साँझ करिब ८ बजे ५३ वर्षीय पुष्प पोखरेल आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते पोखरेललाई तत्कालै बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याए पनि उपचारका क्रममा डाक्टरले राति ८:४० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मृतक पोखरेल घरमा एक्लै बस्दै आएका थिए भने उनका परिवार पाँचथरमा बसोबास गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad