कोशी


मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भयो भारी वर्षा

मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भयो भारी वर्षा

फाइल तस्बिर: इलाम क्षेत्र


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार २२:८, काठमाडौँ

मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले केही बेरअघि (शुक्रबार राति साढे ९ बजे आसपास) सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

सूचनामा भनिएको छ- कोसी प्रदेशका एक दुइ  स्थानमा  भारि बर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भाग कोसी प्रदेशबाट जेठ १५ गते राति मनसुन भित्रिएको हो र उक्त प्रदेशका अधिकांश स्थानमा मनसुन फैलिसकेको छ।

नेपालमा यसपटक मनसुन ५७ वर्षयताकै सबैभन्दा छिटो भित्रिएको हो। 

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार यसअघि मनसुन सबैभन्दा छिटो सन् १९९६ मा मे ३१ तारिखका दिन नेपाल भित्रिएको थियो। 

यस वर्ष सन् २०२५ मा त्यसभन्दा अझ चाँडो मे २९ तारिखमै मनसुन नेपाल भित्रिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad