मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा ११० जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले यो जानकारी बीबीसीलाई दिएका हुन्।
नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सी का प्रमुख अबुल्लाही बाबा-आराले वर्षा धेरै घण्टासम्म जारी रहेेको बताएका छन्।
उनले भने, 'बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यहाँ बस्ने मानिसहरू बगाएको छ।'
आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार, बाढीले मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा सबैभन्दा बढी क्षति पुर्याएको छ।
नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नु परेको थियो।जसमा लगभग १३ लाख मानिसले आफ्नो घर छोड्नुपरेको थियो र ६०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
177
Shares

प्रतिक्रिया