कोशी


राजस्व छलेर नेपाल भित्रिएका तीनवटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

राजस्व छलेर नेपाल भित्रिएका तीनवटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

सुमन सुस्केरा
जेठ ५, २०८२ सोमबार ११:१४, विराटनगर

झापाबाट प्रहरीले भन्सार छली नेपाल भित्र्याएको सामान सहित तीन वटा कन्टेनर नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका-५ बाट नेपाल प्रहरीले आइतबार राति कन्टेनर नियन्त्रणमा लिएको हो।  

भारतबाट काँकडभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

ती कन्टेनरबाट तीन करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए। 

भन्सार छली नेपाल ल्याइएका ट्याक कम्बाईन हार्भेस्टर लगायतका सामानहरू बोकेर आएको कन्टेनरलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad