प्रवास


इनासको दसौँ युरोपियन कार्यक्रम सम्पन्न, जर्मनी बन्यो उत्कृष्ट राष्ट्रिय समिति

इनासको दसौँ युरोपियन कार्यक्रम सम्पन्न, जर्मनी बन्यो उत्कृष्ट राष्ट्रिय समिति

शेरबहादुर परियार
जेठ ५, २०८२ सोमबार ११:२०, वारसा, पोल्यान्ड

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दसौँ युरोप क्षेत्रीय कार्यक्रम हिजो सम्पन्न भएको छ। कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा १६ मेबाट सुरु भएको थियो।

जसमा, युरोपस्तरीय दसौँ एकल नृत्य प्रतियोगिताको उपाधि डेनमार्कका झरना सुनारले जितेकी छिन्। दोस्रो र तेस्रो स्थान क्रमश: बेल्जियमका आरोही शर्मा र फ्रान्सका रोशिना अधिकारीले हासिल गरेका छन्।

त्यस्तै, सातौँ गायन प्रतियोगिताको उपाधि डेनमार्कका आशिष श्रेष्ठले हात पारे। फ्रान्सका अन्जली बराइलीले दोस्रो र डेनमार्कका स्वरुपा केसीले तेस्रो स्थानमा चित्त बुझाए।

दुवै विधातर्फका विजयीले इनास युरोपको एक वर्षका लागि गुडविल एम्बास्डर तथा ८ सय युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो र तेस्रो हुनेले ५ सय र ३ सय युरो तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

सान्त्वना स्थान हासिल गरेकी जर्मनीका कलाकार त्रिस्ता कार्की ढोलीलाई स्व. सन्तकुमार थापा मगर ‘विशेष सम्मान’ बाट १ सय ५० युरो नगद र ट्रफीसहित सम्मान गरिएको थियो।

पहिलो दिनको भेला इनास ग्लोबलका संस्थापक पुष्प बरुवालको प्रमुख आतिथ्य र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

भेलामा पोल्यान्ड, डेनमार्क, फ्रान्स, बेलायत, नेदरल्यान्ड, जर्मनी, बेल्जियम, चेक रिपब्लिकलगायतका राष्ट्रिय समितिले प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए। कार्यसम्पादनको आधारमा उत्कृष्ट राष्ट्रिय समितिको अवार्ड इनास जर्मनीले जितेको छ।

दोस्रो दिनको प्रतियोगितालगायतका कार्यक्रम डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरको प्रमुख आतिथ्य भएको थियो।

भेलाले इनासको एघारौँ युरोप क्षेत्रीय भेला तथा युरोपस्तरीय विविध कार्यक्रम आगामी वर्ष बेल्जियम गर्ने निर्णय गरेको युरोप संयोजक प्रकाश तिवारीले बताए।

कार्यक्रममा गायनतर्फका निर्णायक समेत रहेका गायक कन्हैया सिंह परियार तथा गायिका नलिना चित्रकारलगायतको प्रस्तुति, पञ्चेबाजा, झाँकी, लाखे नृत्य, लोक नृत्यलगायतका विशेष प्रस्तुति भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad