इलाममा व्यक्तिलाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलामको माई नगरपालिका ४ सिजालीटार ४२ वर्षीय शान्तिराम दुलाल हत्या आरोपमा पक्राउ परेका हुन्।
इलामको माई नगरपालिका-४ सिंजालीटारका ५२ वर्षीय भूमिका चापागाईंको हत्या आरोपमा दुलाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी ५२ बर्षीय भुमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएकी थिइन्। उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरेहको जनाएको छ।
216
Shares

प्रतिक्रिया