कोशी


संखुवासभामा कांग्रेसको सदस्यता अभियान सम्पन्न

संखुवासभामा कांग्रेसको सदस्यता अभियान सम्पन्न

नेपालखबर
असार १६, २०८३ मंगलबार १९:५८, काठमाडौँ

नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गरी सङ्खुवासभा जिल्लामा सञ्चालन गरिएको नयाँ क्रियाशील सदस्यता वितरण अभियान सम्पन्न भएको छ।

पार्टीको देशव्यापी कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम खाँदवारीमा आयोजित विशेष कार्यक्रमसँगै यो अभियान सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी सह महामन्त्री एवं अनुगमन संयोजक डा डिला संग्रौलाले आगामी महाधिवेशनमा युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिन्।

उनले पार्टीको निर्णयअनुसार ३५ वर्षमुनिका पुरुषको प्रतिनिधित्व ३८ प्रतिशत र महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताइन्। सो लक्ष्य पूरा गर्न ७७ वटै जिल्लामा नयाँ सदस्यता वितरण अभियान चलाइएको भन्दै डा संग्रौलाले यसमा दत्तचित्त भएर लाग्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइन्।

त्यसै गरी, केन्द्रीय प्रतिनिधिको रूपमा सङ्खुवासभा खटिएका रुद्र कन्दङ्वाले नयाँ सदस्यता वितरण र पुरानाको अद्यावधिक गर्ने कार्यलाई तल्लो तहसम्मै प्रभावकारी बनाउन सबैले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्नेमा जोड दिए।

असार ७ गतेदेखि सुरु भई असार २० गतेसम्म सञ्चालन हुने यस युवालक्षित कार्यक्रममा कोशी प्रदेश प्रतिनिधि समेत रहेकी डा संग्रौला, केन्द्रीय कार्यसमिति सदस्यद्वय सुरेश सुब्बा र दीपन श्रेष्ठ, केन्द्रीय प्रतिनिधि रुद्र कन्दङ्वा, जिल्ला कार्यसमितिका पदाधिकारीहरू, सङ्खुवासभाका १० वटै पालिकाका सभापति तथा ७६ वटै वडा कार्यसमितिका सभापतिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad