कोशी


धरान: जंगलमा अर्धनग्न महिला मृत भेटिएको घटनामा देवरसहित ४ जना पक्राउ

धरान: जंगलमा अर्धनग्न महिला मृत भेटिएको घटनामा देवरसहित ४ जना पक्राउ

मृतक महिलाको शरीरमा लगाएको कपडा र घटनास्थलमा भेटिएका जुत्ता र घडी


नेपालखबर
चैत २९, २०८१ शुक्रबार १४:१९, विराटनगर

सुनसरीको धरान-६, पानबारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या गरिएको पत्ता लागेको छ। 

उनको हत्या आरोपमा उनका देवर, देवरानी, नन्दसहित ४ जनालाई प्रहरीले पक्रेको हो। 

एकजना भने परिवारका सदस्यभन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ।

तर अनुसन्धानकै क्रममा रहेकाले उनीहरूको परिचय अहिले नै खुलाउन प्रहरीले मानेन।

पछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूलाई भाग्दै गर्दा बिहीबार राति झापा र मोरङबाट नियन्त्रणमा लिइएको हो। 

घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सुनसरीको धरान उपमहानगरपालिका-६, स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चुनकुमारीलाई फकाएर जंगलमा लगी हत्या गरिएको खुलेको छ।

उनको घाँटी र शरीरका अन्य भागमा चोट थिए। 

धनकुटाको महालक्ष्मी नगरपालिका-१ माइती भएकी चुनकुमारी २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्थिन्।

महालक्ष्मी नगरपालिकाकै वडा नम्बर २ मा घर भएकी उनी छोरा पढाउन हलगडामा डेरा लिएर बसेकी थिइन्। 

श्रीमान् प्रेमबहादुर बुढाथोकी भने वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad