ग्लोबल


न्युयोर्कको नदीमा हेलिकप्टर खस्दा मृत्यु भएको परिवार

न्युयोर्कको नदीमा हेलिकप्टर खस्दा मृत्यु भएको परिवार

हेलिकप्टरमा चढ्नु अघि एस्कोबार परिवारको फोटो।


नेपालखबर
चैत २९, २०८१ शुक्रबार १४:३१, काठमाडौँ

अमेरिकाको न्युयोर्कमा बिहीबार हडसन नदीमा हेलिकप्टर खस्दा मृत्यु भएको परिवारको परिचय खुलेको छ। 

सञ्चारमाध्यमका अनुसार दुर्घटनामा इन्जिनियरिङ कम्पनी सिमेन्सका सीईओ अगस्टिन एस्कोबार, उनकी श्रीमती मर्से क्याम्परुबी र उनीहरूका तीन छोराछोरीको मृत्यु भएको हो। बालबालिका ४, ५ र ११ वर्षका थिए। यो परिवार स्पेनको थियो।

उनीहरूसँगै हेलिकप्टरका ३६ वर्षीय पाइलटको पनि मृत्यु भएको थियो। तर पाइलटको नाम खुलाइएको छैन।

न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार बेल २०६ हेलिकप्टर दुर्घटना हुनुअघि दुई टुक्रा भएको थियो। 

आकस्मिक टोलीले सबै जनालाई नदीबाट निकालेको थियो।

यो परिवार हेलिकप्टरबाट न्युयोर्क घुम्न निस्किएको थियो।

तीमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो।

हेलिकप्टर उडेको १५ मिनेटमै नदीमा खसेको थियो। 

हेलिकप्टर खसेको नदी।

स्थानीय समयानुसार दिउँसो ३ बजे हेलिकप्टर उडेको थियो। जर्ज वासिङ्टन ब्रिजमा पुगेपछि हेलिकप्टर तलतल हुँदै दिउँसो ३.१५ बजे तल्लो म्यानहट्टनको हडसन नदीमा खसेको थियो। 

भिडिओ:

यो दुर्घटनाका धेरै भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

जसमा दुर्घटना हुनुअघि हेलिकप्टरका पुच्छर र रोटर अलग भएको देख्न सकिन्छ। त्यसपछि हेलिकप्टर नदीमा खस्छ।

बेल २०६ हेलिकप्टर क्यानडाको एक कम्पनीले निर्माण गरेको हो। 

बेल २०६ एकल इन्जिन र जुम्ल्याहा इन्जिन भेरिएन्टमा उपलब्ध ट्विन-ब्लेडेड हेलिकप्टरहरूको शृंखला हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad