कोशी


इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु, महिला घाइते

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु, महिला घाइते

सांकेतिक फोटो


नेपालखबर
चैत २, २०८१ शनिबार १५:२१, विराटनगर

इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई इटहरीमा १२ मा दुर्घटना भएको हो।  

दुर्घटनामा परी मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको विराट नर्सिङ होममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि रहेकी उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीय उमा सुनुवार घाइते भएकी छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।  

प्रहरीका अनुसार, मोटरसाइकल चालक चौधरीले अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको खुलेको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad