राजनीति


बीआरआई नेपालको सर्वोत्तम हितमा छ : पूर्वप्रधानमन्त्री खनाल

बीआरआई नेपालको सर्वोत्तम हितमा छ : पूर्वप्रधानमन्त्री खनाल

नेपालखबर
चैत २, २०८१ शनिबार १५:३०, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बीआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए।

उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ। हाम्रा दुई महान छिमेकीहरू छन्। तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। यि दुई द्रुत गतिमा विकासशील छिमेकीहरू पनि हाम्रा अवसर हुन्। हामीले तिनीहरूको विकासबाट लाभ उठाउन यो अवसरलाई सदुपयोग गर्न सक्षम हुनुपर्छ।’  

उनले थपे, ‘चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको छ। जसले यसलाई असाधारण रूपमा विकासशील आर्थिक शक्ति बनाएको छ। यस्तो शक्तिशाली साझेदारबाट परियोजनाहरू प्राप्त गर्नु नेपालसहित सबै देशहरूको लागि वरदान हो। त्यसैले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा छ र देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा यसको उपयोग अधिकतम गर्नुपर्छ।’

नेता खनालले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने स्पष्ट पारे।

सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बीआरआईका फाइदाहरू उपयोग गर्नसक्ने उनको भनाई थियो। पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बीआरआई ल्याएको हो भनेर पश्चिमी देशहरूरुले गलत प्रचार गरिरहेको पनि बताए।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भन्ने प्रचार भइरहेको छ। यो पश्चिमी संसारको आवाज हो। व्यावहारिक रूपमा हामी बीआरआई प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौँ।’

पूर्वप्रधानमन्त्री खनालले केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad