खेल


अपराजित रहँदै जनकपुर नाइट्सले उचाल्यो कबड्डी लिगको उपाधि

अपराजित रहँदै जनकपुर नाइट्सले उचाल्यो कबड्डी लिगको उपाधि

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २२:२, काठमाडौँ

अपराजित रहँदै जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो।

उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता काठमान्डुले भने दुई लाखमा चित्त बुझायो। जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

काठमान्डुले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पाखा लगाउँदै जनकपुरसँगको भेट पक्का गरेको हो। लिगचरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए। तर, फाइनलमा भने जनकपुरले काठमान्डुलाई पछि पार्दै उपाधि जित्यो।

पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो। रेइडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो।

काठमान्डुले भने रेइडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै बटुल्न सक्यो। योसँगै पहिलो हाफ २५–१९ मा सकिएको थियो।

दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई खेलमा फर्काएका थिए। तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमान्डु उपाधिबाट विमुख हुन पुग्यो।

काठमान्डुले रेइडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो। जनकपुरले भने रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad