कोशी


इटहरीमा जनप्रतिनिधिको तालाबन्दीविरुद्ध कर्मचारीको पनि ताला, सर्भरको विषयले बबन्डर

इटहरीमा जनप्रतिनिधिको तालाबन्दीविरुद्ध कर्मचारीको पनि ताला, सर्भरको विषयले बबन्डर

सुमन सुस्केरा
माघ १३, २०८१ आइतबार १२:५८, विराटनगर

इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले आन्दोलन गरेका छन्।  उपप्रमुख र वडाध्यक्षसहितको टोलिले प्रशासन शाखामा शुक्रबार ताला लगाएको थियो। 

त्यसैको प्रतिरोध गर्दै कर्मचारीहरुले आइतबार कार्यलयमा ताला लगाएका हुन्।  कार्यलय अहिलेसम्म पनि खुल्न सकेको छैन।  कार्यालयको काम नभए पछि कर्मचारीहरु प्राङ्गणमा घाम तापेर बसेका छन्। 

सेवा लिन आएका सेवाग्राहीहरुलाई कार्मचारीहरूले प्रशासनमा ताला लागेको भन्ने जवाफ दिँदै आएका छन्।

इटहरी उपमहानगर पालिकाका उपप्रमुख र वडाअध्यक्षहरूले प्रशासन शाखामा तालाबन्दी गरेका थिए। एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडाकार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख संगीता चौधरी लगायतको टोलीले प्रशासन शाखामा ताला लगाएको थियो। 

आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुख दिएको चौधरीसहितका जनप्रतिनिधिको गुनासो छ। 

इटहरी उप महानगर पालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले मेयर हेमकर्ण पौडेलको निर्देशनमा सर्भर बन्द गरेको उपमेयर चौधरीले आरोप लगाइन। 

सरुवा गरिएका कर्मचारीलाई दबाब दिन सर्भर डिएक्टिभ गरेको चौधरीको आरोप छ। केही दिनअघि उपमहानगरले कार्यालयको ‘आन्तरिक’ सरुवा गरेको थियो।

आन्तरिक सरुवाको विरोध गरेका कर्मचारीहरूलाई दबाब दिन प्रशासन शाखा प्रमुखले सर्भर डाउन गर्न लगाएको आरोप उपप्रमुख चौधरीले लगाएकी छिन्।  इटहरीमा रहेका २० मध्ये इटहरीका १५ वडामा एमालेले वडाध्यक्ष जितेको छ। 

एमालेले जितेको वडाहरूमा मात्र सरुवा गरिएको र जनताको काम रोकिने गरी सर्भर डाउन गरेर खड्काले कर्मचारीहरूलाई दबाब दिएको एमालेका जनप्रतिनिधिको आरोप छ।

वडाको कामहरूलाई प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायतले लगाउँदै आएका छन्।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जनप्रतिनिधिबाट कर्मचारीमाथि दुव्यर्वहार भएकोले कर्मचारीले काम नगरेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad