समाज


चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष, फूलमायाले रचिन् इतिहास

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष, फूलमायाले रचिन् इतिहास

नेपालखबर
माघ १३, २०८१ आइतबार १३:६, काठमाडौँ

चितवन जिल्ला अदालत बार एसोसिएसनले पहिलोपटक अध्यक्षमा महिला चयन गरेको छ।

चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यसपटक अध्यक्ष पदमा चुनिएकी हुन्।

शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गरेकी हुन्। उनले ८१ मत प्राप्त गर्दा सिलवालका पक्षमा ७८ मत परेको छ।

रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी संघ (डीएलए) बाट उम्मेदवार थिइन्। उपाध्यक्षमा सीताराम अधिकारी ९१ मत प्राप्त गरेर विजयी भएका छन्। उनकी प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरिन्।

सचिवमा कुलचन्द्र खनाल विजयी भए भने सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भइन्।

कोषाध्यक्षमा दीपकराज तिमिल्सिना, महिला सदस्यमा प्रियंका थापा, खुला सदस्यतर्फ शैखरनाथ पोखरेल, किरण गुरुङ, सुरेन्द्रराज सुवेदी, शम्भु बर्तौला, रामकुमार प्याकुरेल, अजयकुमार तामाङ र केदारराज पन्त विजयी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad