ad ad

कोशी


विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु गलत भयो : प्रचण्ड

विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु गलत भयो : प्रचण्ड

नेपालखबर
मंसिर १८, २०८० सोमबार १७:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको बताएका छन्। 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको वनि बताए। 

‘विप्लवलाई वारेन्ट जारी गलत भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबारे वार्ता भइरहेको छ।’

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेतताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

माइला लामा र विप्लवविरुद्ध दुई वटा मुद्दा राज्यविरुद्धको कसुरकै दर्ता छन्। उनीहरूलाई आफैँ अदालतमा उपस्थित हुन भनिएको छ। 

हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .