ad ad

कारोबार


शौर्य सिमेन्ट उद्योगद्वारा क्लिंकर भारततर्फ निर्यात

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिंकर भारततर्फ निर्यात

नेपालखबर
मंसिर १८, २०८० सोमबार १७:५१, काठमाडौँ

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरुवात गरेको छ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिंकर औपचारिक कार्यक्रमबीच शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको हो।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएको छ।

माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरेको यस उद्योगको क्षमता ३००० मेट्रिक टन क्षमता रहेको छ।

व्यवसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .