ad ad

कोशी


वनको डढेलो बस्तीमा सल्कँदा १४ घर जले, पानी अभावले आगो निभाउन कठिन

वनको डढेलो बस्तीमा सल्कँदा १४ घर जले, पानी अभावले आगो निभाउन कठिन

फाइल फोटाे


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १९:२५, विराटनगर

तेह्रथुमको आठराई गाँउपालिका–६ चुहानडाँडाको हातिखर्कमा सल्केको आगलागीबाट १४ घर जलेर नष्ट भएको छ। अन्य एक दर्जन घरमा आगो सल्किएको छ। 

पानी अभावमा आगो नियन्त्रणमा लिन कठिन भएको स्थानीयले बताएका छन्।

आठराई गाउँपालिका–६ का वडाअध्यक्ष कृष्ण बाँस्कोटाले १४ घर जलेको र अन्य एक दर्जन बढी घरमा आगो सल्किएपनि नियन्त्रणमा आउन नसकेको बताए।

आगलागी नियन्त्रण बाहिर जाँदा थप घर जलेर नष्ट हुने अबस्था रहको उनको भनाई छ।

अहिले डेढसय बढी स्थानीय आगो निभाउने प्रयासमा जुटेपनि पानीको अभावले समस्य भएको छ।

पाँचथरको फिदिमबाट दमकल पुगेपनि बाटोको अभावमा आगलागी भएको स्थानमा पुग्न नसकेको बाँस्कोटाले जानकारी दिए।

उनले हावाहुरी चलिरहेकाले आगो फैलिरहेको बताए। घोडेटार सामुदायिक वनबाट आगो बस्तीमा सल्केको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .