कारोबार


खस्कियो सेयर लगानीकर्ताको मनोबल, कारोबार ६ अर्बमा सीमित

खस्कियो सेयर लगानीकर्ताको मनोबल, कारोबार ६ अर्बमा सीमित

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १९:२९, काठमाडौँ

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ दिन मात्र कारोबार भयो। 

तीन कारोबार दिनमा दुई दिन परिसूचक घट्यो भने एक दिन बढ्यो। अन्तत यो साता नेप्से परिसूचक २.४८ प्रतिशतको गिरावट आयो। 

आइतबार सार्वजनिक विदा हुँदा सोमबारदेखि कारोबार सुरु भएको नेप्से परिसूचक २३.६० अंकले घटेकोमा मंगलबार पनि कारोबार बन्द रह्यो। बुधबार ३३.५७ अंकले बढेको बजार साताको अन्तिम दिन ५७.७४ अंकले घट्यो। 

यो साता तीन दिनमा कारोबार रकम ६ अर्ब ८ करोडमा सीमित रह्यो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजार निरन्तर घट्दै बजार १६० अंकले घटेको छ। मौद्रिक समीक्षा भएको दिन बजार २१८२ विन्दुमा थियो। 

लघुवित्तका सेयरधनीलाई बिक्री गर्ने हतारो
त्यसयता निरन्तर बजार घट्दै गइरहेको थियो। बुधबार राष्ट्र बैंकले लघुवित्त क्षेत्रको लागि केही नीति जारी गर्यो। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको नयाँ निर्देशनको भोलिपल्ट अर्थात् फागुन ११ गतेको सेयर बजारमा लघुवित्तका सेयरहरु बिक्री गर्नेको थामिनसक्नु ओइरो लाग्यो। किन्ने कोही नभएर बिक्री गर्ने मात्र देखिए। 

साताको अन्तिम दिन कारोबार सुरु भएसँगै लघुवित्तका लगानीकर्ता सेयर बिक्री गर्न तम्सिए। जसकारण ३७ लघुवित्तको सेयरमूल्य नकारात्मक सर्किट लाग्यो। त्यस्तै आठ लघुवित्तको सेयरमूल्य ९ प्रतिशत बढिका दरले घट्दा भने ८ लघुवित्तको सेयरमूल्य सेयरमूल्य उच्च दरले घट्यो। अन्तिम कारोबार दिन सुरुदेखि ओरोलो लागेको बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिँदा बजार २ हजार २२ विन्दुमा झर्यो। 

पछिल्लो समय लघुवित्तका ऋणीले लघुवित्त विरुद्ध आन्दोलन समेत सुरे गरिरहेका छन्। संस्थाले कर्जा अशुली गर्दा अनैकन दुख दिने र शुल्क मंहँगो शुल्क लिने र एक जना ऋणीको धेरै संस्थामा ऋण लिने (डुब्लिकेसन)को गुनासो बढेसँगै राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा देखिएको बिकृति र समस्या समाधानमा सहयोग गर्न, लघुवित्त संस्थाहरुलाई सुधार गर्ने गरी निर्देशन जारी गर्यो। निर्देशन आएपछि लगानीकर्ता एकाएक आत्तिए। 

राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न केही कसिलो बन्दा लगानीकर्ता आत्तिनु पर्ने देखिदैन्। अधिकांश लघुवित्तको सेयरमूल्य १ हजारको हाराहारीमा छ। आधा दर्जनबाहेक अन्य सबै लघुवित्तको सेयरमूल्य १ हजार तल रहेको बेला लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्नुपर्ने अवस्था भने देखिँदैन। 

बजार तल आएको बेलामा सर्वसाधारणलाई अत्ताएर सेयर बिक्री गर्न लगाउने समुह यसअघि नदेखिएका हैनन्। राम्रो कम्पनीको सेयर छ भने गुमाएर बिक्री गर्नुपर्ने अवस्था नहुँदा नहुँदै लगानीकर्ता हत्तोसाहित भएका छन्। यस्तो अवस्थामा गुमाएर सेयर बिक्री गर्नुपर्ने अवस्था हो वा होइन ? यसमा लगानीकर्ता सोच्नुपर्ने बेला भएको छ। 

बजार घट्दा पनि कारोबार भने निरन्तर डेढ अर्बको हाराहारीमा भइरहेको नै छ। कारोबार राम्रो भइरहेको बेला केही समुहरु सर्वसाधारणलाई हत्तोसाहित गर्ने प्रवृत्ती यसअघि नदेखिएको होइन्। अब लगानीकर्ताले गुमाएर बाहिरने वा मनोबल उच्च राख्ने भन्ने ध्यान दिनुपर्छ। 

आगामी बजारको यात्रा लगानीकर्ताको मनोबल भर पर्ने देखिएको छ। शुक्रबार जस्तै लगानीकर्ता मनोबल कम्जोर पारे बजार तल आउने र मनोबल दरिलो पारे बजार यात्रा तल आउने देखिदैन। 

सातामा यी कम्पनीका लगानीकर्ताले कमाए 
यो साता बजार कमाउने भन्दा गुमाउने धेरै नै रहे। केही हाइड्रोपावर र बैंक लगानीकर्ताले साताभरी सामान्य कमाउन सफल भएका छन्।

यो साता बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक कमाउन सफल देखिए। साताको पहिलो कारोबार दिन १२९९९ रुपैयाँ रहेको बोर्टलर्स नेपाल (तराई)को प्रतिकित्ता सेयरमूल्य ५५१ रुपैयाँका दरले कमाए। 

त्यसैगरी समलिङ हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ४८५ रहेकोमा अन्तिम दिनसम्म आइपुग्दा ५०३ रुपैयाँ पुगेको छ। अर्थात समलिङ हाइड्रोपावरका लगानीकर्ताले साताभरी प्रतिकित्ता सेयरमूल्य १८ रुपैयाँका दरले कमाउन सफल रहे। त्यसैगरी स्वाभिमान लघुवित्तका लगानीकर्ताले पनि साताभरी प्रतिकित्ता १२ रुपैयाँका दरले कमाए।

साथै, नबिल बैंकका लगानीकर्ताले साताभरी प्रतिकित्ता ६ रुपैयाँ, बरुण हाइड्रोपारका लगानीकर्ता प्रतिकित्ता ८ रुपैयाँका दरले कमाउन सफल रहे। 

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
यो साता लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सर्वाधिक गुमाउनेमा आर्दश लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए। 

साताको पहिलो कारोबार दिन प्रतिकित्ता २१ सय ३० रुपैयाँ सेयरमूल्य भएको आदर्श लघुवित्तको सेयरमूल्य साताभरी ४०५ रुपैयाँले घटेर १७२५ रुपैयाँमा सीमित भएको छ। अर्थात लघुवित्तका लगानीकर्ता साताभरीमा प्रतिकित्ता ४०५ रुपैयाँका दरले गुमाउन पुगे। 

त्यसैगरी महिला लघुवित्तका लगानीकर्ताले साताभरी प्रतिकित्ता ३९४ रुपैयाँ, जीवन विकास लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ६३४ रुपैयाँ, नेष्डो समृद्धका लगानीकर्ता प्रतिकित्ता ४९५ रुपैयाँ, जाल्पा लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ४८२ रुपैयाँ र उपकार लघुवित्तका लगानीकर्ता प्रतिकित्ता ५२५ रुपैयाँका दरले गुमाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .