राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री नायिका रेखा थापाले मोरङ जिल्लाको क्षेत्र नं ३ मा चुनावी अभियान सुरु गरेकी छन्।
राप्रपाले मोरङ–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउन नाम सिफारिस गरेपछि रेखा काठमाडौंबाट मोरङतिर लागेकी हुन्।
सुरुको चरणमा १० चुनाव क्षेत्रमा खट्ने कार्यक्रम रहेको बताउँदै रेखाले सम्पर्क कार्यालयसमेत खोल्न लागेको जानकारी दिइन्।
मोरङको सलकपुरस्थित घरमा बसेर अभियानमा जुटेकी नेतृ थापाले शुक्रबार बेलबारीमा स्थानीय महिला तथा बालबालिकासँग भेटघाट गरेकी छन्।
मोरङ क्षेत्र नम्बर ३ मा एमालेबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रोपटक चुनाव लड्दैछन् भने गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनील शर्माले टिकट पाउने चर्चा छ।
प्रतिक्रिया