ad ad

राजनीति


‘चितवनका जनता निराश हुने डरले अन्त चुनाव लड्न गइनँ’

‘चितवनका जनता निराश हुने डरले अन्त चुनाव लड्न गइनँ’

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १८:३३, काठमाडौँ

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको हित हेरेर चितवनबाटै निर्वाचन लड्न बसेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आफू चितवनमै बस्ने बताएका हुन्।

उनले चितवनका जनतामा ठूलो निराशा आउने आफूले नजिकबाट देखेपछि छाडेर अन्त जान नसकेको पनि बताएका छन्। 

‘देशको आधुनिक विकासका लागि उर्वरभूमि चितवन भएकाले त्यहाँबाट उठ्न लागेको छु। प्रचण्ड अन्तै जान्छ भन्ने परेमा त्यहाँका जनतामा ठूलो निराशा आउने खतरा नजिकबाट देखेको छु,’ उनले भने, ‘त्यसले देशलाई फाइदा गर्दैन। देशको फाइदाका लागि चितवनबाटै चुनाव लड्नु पर्नेमा निष्कर्षमा पुगेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .