प्रतिनिधि सभामा विपक्षी दलका सांसदले गरेको तोडफोड तथा क्षतिबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले छानबिन समिति गठन गरेका छन्।
सभामुख अर्यालले सोमबार प्रतिनिधि सभाको बैठकमा छानबिन समिति गठन गरेको जानकारी गराएका हुन्। उनले प्रतिनिधि सभा संसद सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
समितिमा संघीय संसद्को योजना शाखा प्रमुख र प्रविधि शाखाका प्रमुखलाई सदस्य तोकिएको छ। उनीहरूले दिएको प्रतिवेदनका आधारमा कारबाही गरिने सभामुख अर्यालले बताए।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए। त्यसको विरोध गर्दै विपक्षी दलका सांसदले प्रतिनिधि सभामा नाराबाजी गरेका थिए। त्यसक्रममा कुर्सी, टेलबु तथा माइकमा क्षति पुगेको छ।
Shares

प्रतिक्रिया