वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ।
वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो।
नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। डाले डोकोमा काफल बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि एक नगर प्रहरीले मंगलबार दुर्व्यवहार गरेका थिए।
सामाजिक सञ्जालमा आएको उक्त भिडिओ वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक खिचिएको भनिएको छ।
यस्तै, नगरपालिकाले ती महिलालाई आवश्यक क्षतिपूर्ती दिइने प्रतिबद्धता समेत जनाएको छ।

51
Shares

प्रतिक्रिया