काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा सहभागी हुन इरानी महिला टोली नेपाल आइपुगेको छ। काभा च्याम्पियनसिपमा सहभागी हुन महिला टोलीहरू नेपाल आउने क्रम जारी छ।
च्याम्पियनसिपमा इरान समूह ‘बी’ मा रहेको छ। च्याम्पियनसिपको पहिलो खेलमा इरानले बंगलादेशसँग खेल्नेछ। सो खेल शुक्रबार बिहान ११ बजे सुरु हुनेछ।
सोही दिन नेपाल र भारत भिड्नेछन्। नेपाल र भारतबीचको खेल साढे ३ बजे सुरु हुनेछ। दिनको अन्तिम खेलमा कजाकिस्तान र मालदिभ्स खेल्नेछ।
च्याम्पियनसिपमा सहभागी हुन कजाकिस्तानको टोली मंगलबार नेपाल आइसकेको छ। आठ टोली सहभागी च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुनेछ।

प्रतिक्रिया