कर्णाली


डोल्पाको काईके गाउँपालिका अध्यक्षसहित ६ जना जुवाखालबाट पक्राउ

डोल्पाको काईके गाउँपालिका अध्यक्षसहित ६ जना जुवाखालबाट पक्राउ

नेपालखबर
जेठ २८, २०८३ बिहिबार २१:३९, सुर्खेत

डोल्पाको काईके गाउँपालिकाका अध्यक्षसहित ६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छ। डोल्पाको सदरमुकाम दुनै बजारमा जुवा (पारा/कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले बिहीबार दिउँसो ३ बजेको समयमा  दुनैमा रहेको स्थानीय पञ्च बुढाको घरको माथिल्लो तलाको कोठाबाट पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो। 

पक्राउ पर्नेहरूमा ठुलीभेरी नगरपालिका-३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका-७ का ३३ वर्षीय सागर श्रेष्ठ, ठुलीभेरी नगरपालिका-५ का ३८ वर्षीय ओमबहादुर रोकाया, काइके गाउँपालिका-५ घर भई हाल ठुलीभेरी नगरपालिका-३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया छन्। यस्तै ठुलीभेरी नगरपालिका-४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया र काइके गाउँपालिका-२ का ४० वर्षीय अंगतकुमार रानामगर रहेका छन्।

रानामगर काईके गाउँपालिकाका वर्तमान अध्यक्ष समेत हुन्। उनी २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादी पार्टीबाट सर्वसम्मत पालिका अध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्। 

प्रहरीले घटनास्थलबाट नगद ४९ हजार ८ सय, पारा २ थान, कौडा ४६ थान तथा ७ थान मोबाइल बरामद गरेको छ। प्रहरीले उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad