राजनीति


बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

नेपालखबर
चैत ११, २०८२ बुधबार १५:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते मध्याह्न प्रधानमन्त्रीको शपथ लिने तय भएको छ। 

शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ लिने तय भएको रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। त्यहीअनुसार, तयारीका लागि राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको छ। 

शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने भएको छ। त्यस्तै, १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिने तय गरिएको बुर्लाकोटीले जानकारी दिए। 

यससँगै शपथ ग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तय गरिएको उनले बताए। 

प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तय गरिएको उनले बताए। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको रास्वपाले एकल सरकार बनाउँदै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad