कर्णाली


यू-१९ महिला क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर तेस्रो हार

यू-१९ महिला क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर तेस्रो हार

नेपालखबर
जेठ २६, २०८३ मंगलबार २१:२२, सुर्खेत

वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका पछिल्ला तीन खेलमा लगातार जीत हात पार्दै आएको सुदूरपश्चिमलाई चौथो खेलमा ब्रेक लागेको छ भने मधेसको अविजित यात्रा जारी छ। कर्णालीले भने हालसम्म खेलेका तीन वटै खेलमा निरन्तर हार व्यहोरेको छ।

मंगलबार भएका खेलमा सुदूरपश्चिम गण्डकीसँग ४ विकेटले पराजित भएको छ। मधेसले भने बागमतीलाई २९ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

वीरेन्द्रनगर नगरपालिका–७ मा रहेको कालुङचोक मैदानमा टस जितेर सुदूरलाई ब्याटिङका लागि निम्ता दिएको गण्डकीले १९ दशमलव ५ ओभरमा जम्मा ८७ रनमा सुदूरलाई अलआउट गर्न सफल भयो।

गण्डकीका लागि प्लयेर अफ दि म्याच रचना चौधरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन दिएर ५ विकेट हात पारिन्।

यस्तै, आयुष्मा चापागाईको नाममा ४ विकेट रह्यो। गण्डकीका लागि रचना चौधरीले २७ रनको योगदान दिँदा ज्योत्सिनाका मरासिनी र सेरिना थापाले समान १७–१७ रन जोडे।

अघिल्ला खेलहरुमा आक्रामक खेलेको सुदूरपश्चिम चौथो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन। सुदूरपश्चिमका लागि स्नेहा महरा र करुणा विष्टले समान १०–१० रन जोडे। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

यस्तै, मगलबार बिहानको खेलमा टस जितेर पहिला बलिङ रोजेर मधेसविरुद्ध उत्रिएको बागमति पराजित भएको छ।

कर्णालीको लगातार तेस्रो हार
मंगलबार नै भएको अर्को खेलमा घरेलु टोली कर्णालीले कोशीसँग २४ रनको पराजयसंग ब्यहोर्‍यो। कर्णालीको यो लगातार तेस्रो हार हो। कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कोसीले ८ विकेटको क्षतिमा १२५ रन बनायो। कोसीका प्रिन्सा रानामगरले ३०, टीका शाहले २७, प्रिया मल्लाहले १२ तथा पूर्णिमा राजवंशीले ११ रन बनाए।

१६ रन अतिरिक्त पाएको कर्णालीका लागि समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२, आयिश्मा गिरीले १० रन बनाएपनि अरुको प्रदर्शन साविकझैं कमजोर रह्यो।

कोशीका कृष्टिना धामीले ४, टीका शाहले ३ र बन्धना राजवंशीले २ विकेट लिए। प्रतियोगिताको चौथो दिनको खेलहरु सकिँदासम्म ३ खेलमा तीनवटै जित हात पारेको मधेस शीर्ष स्थानमा उक्लिँदा सुदूरपश्चिम दोश्रोमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad