सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन्।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणना अनुसार दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै निर्वाचित भए। पोर्तेललाई (प्रदेश ६८ र स्थानीय तह २०१)जनाले मतदान गरेका थिए।
त्यस्तै उनका प्रतिस्पर्धी खेम सुन्दासले २हजार ०३७ मतभार(प्रदेश १८ र स्थानीय तह ५७) प्राप्त गरे।
नेपाली कांग्रेस, नेकपा एमाले र जसपाबीच चुनावमा गठबन्धन भएको थियो।
कोसी प्रदेशमा रिक्त रहेका ३ पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
स्थानीय तहतर्फ २५८ जना र प्रदेशका ८७ जनाले मतदान गरेका थिए। प्रदेशमा एकजनाको मत बदर भएको छ।
201
Shares

प्रतिक्रिया