कर्णाली


गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट जस्तो ठानेको छः मुख्यमन्त्री कँडेल

गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट जस्तो ठानेको छः मुख्यमन्त्री कँडेल

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १५:५१, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय सरकार फरक भए पनि एउटै भूगोलमा कार्यरत भएकाले समन्वय तथा सहकार्यले हुनुपर्ने बताएका छन्।

वीरेन्द्रनगरमा जारी प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले तीन तहको समन्वय र सहकार्य भएपछि नागरिक लाभान्वित हुने बताएका हुन्।

विकास निर्माणका तथा सेवामा प्रवाहमा तीनै तहका सरकारको सहकार्य र समन्वयको अभाव समेत रहेको धारणा राखे। दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताए।

उनले भने, ‘भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन्।’

मुख्यमन्त्री कँडेलले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तह बीचको सम्बन्ध अझ सुदृढ गर्दै जानु पर्ने उल्लेख गरे।

उनले भने, ‘आन्दोलनपछि बनेको गैर दलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरि गरेको पत्राचार तथा व्यवहार  गरिरहेको त्यसमा अहिले केही सुधारहरू भएका छन्, तर त्यसैमा ढुक्क हुने अवस्था छैन।’

राजनीतिक दलमाथि प्रश्न उठिरहेको सन्दर्भमा उनले दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थनका साथ काम गर्नुपर्नेमा जोड दिए। 

साथै, उनले दर्शकको ठाउँमा बसेका जनतालाई अब राम्रो काम गरेर स्वतन्त्र रुपमा आफ्नो रक्षक बनाउने योजना तथा कार्यक्रम ध्यान केन्द्रित गर्न मुख्यमन्त्री कडेलको अनुरोध गरे।  
उनले भने, ‘जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र राजनीति बलियो हुन्छ।’

प्रदेश र स्थानीय दुबै सरकारको उद्देश्य एउटै विकास र जनसेवा भएको हुनाले प्रतिस्पर्धा नभइ सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलले उल्लेख गरे। 

कार्यक्रम जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाँउपालिका महासंघ पदाधिकारी, जिल्ला समन्वयका प्रमुख र उपप्रमुख, गाँउपालिका प्रमुख, उपप्रमुख, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad