कर्णाली


कर्णाली सरकारले मनायो संविधान दिवस

कर्णाली सरकारले मनायो संविधान दिवस

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:५८, सुर्खेत

कर्णाली प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ मनाएको छ। प्रदेश सरकारको अयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चोकबाट प्रभातफेरी गरी प्रदेश रंगशालामामा रहेको कर्भड हलमा पुगेर समापन गरिएको छ।  

दिवसको समारोहमा बोल्दै कर्णाली प्रदेशसभा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्ण जिसीले राष्ट्रिय दिवस र संविधान दिवसको शुभकामना व्यक्त गरे। उनले हाल भएको जेनजी आन्दोलनले नयाँ सन्देश दिएको बताउँदै आत्मसात गर्नुपर्ने बेला आएको बताए। 

यस्तै, संविधान दिवसको मुल समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानको १० वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै समानुपातिक संविधान नबनेको भए महिला सभामुख, प्रधानन्याधीश, राष्ट्रपति र प्रधानमन्त्री हुने अवस्था सृजना नहुने बताए।

उनले भने, ‘संविधान डगमगाउँदा राज्य डगमगाउँछ। संविधान संशोधनका आवश्यक छ। तर, २ तिहाई आवश्यक थियो त्यसैले सकिएको थिएन। संविधान मास्ने हैन। परिमार्जन गर्न आवश्यक देखिएको छ।’

यस्तै, कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले संविधानमाथि पछिल्लो समय चलखेल हुँदै गएको भन्दै यसको रक्षा गर्न आवश्यक रहेको बताइन्। 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान कार्यान्वय गरेको एक दशक पूरा गरि विषम परिस्थितिबीच संविधान दिवस मनाइरहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान निर्माण सम्मा पुग्दा सहादत प्राप्त सबैमा श्रद्धाञ्जली व्यक्त गरे। 

उनले जेनजी आन्दोलनका मागप्रति सकारात्मक रहको बताए। तर, अर्धघायल अवस्थामा रहेको संविधानलाई बचाउनुपर्ने अवस्था सृजना भएको बताए।  

यस्तै, प्रदेश प्रमुख यज्ञराज जोशीले दिवसलाई सम्बोधन गर्दै यो दिन ल्याउन, प्रदेश स्थापनाका लागी र लोकतन्त्रको विकास र शुसासन स्थापनाका लागि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गरे। साथै उनले लोकतन्त्र र संविधान रक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad