कला


गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूलाई गरिन् सहयोग

गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूलाई गरिन् सहयोग

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १५:२०, काठमाडौँ

गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनमा घाइतेहरूलाई आर्थिक सहयोग गरेकी छिन्। उनले घाइतेहरूको उपचार र जीवनयापनमा सहयोग पुर्‍याउनको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्। 

उनले सामाजिक अभियान्ता तथा घाइतेहरूको सहयोगमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी हुन्। यसबारेमा शान्तिश्री स्वयमले फेसबुकमार्फत जानकारी दिएकी हुन्। 

फेसबुकमा एक भावनात्मक पोस्ट लेख्दै उनले आफ्नो सानो भएपनि सहयोग घाइतेहरूसम्म पुर्‍याइदिन आग्रह गरेकी छिन्।

‘आशिका दिदी नमस्कार। म सँग एकदम थोरै मात्रै रकम छ। हजुरको यो पबित्र पुन्यकर्ममा एक थोपा भएर मिसिन मन लाग्यो। मेरो तर्फबाट नेपाली पचास हजार छ। हजुरले सुरु गर्नुभएको पबित्र कर्ममा मिसाउन चाहेँ, हजुरको हातबाट हस्तान्तरण गरिदिनुस ल,’उनले लेखेकी छिन्। 

कैयौंले ज्यान गुमाएको र घाइते भएको पीडामा आफू रूनु र मुटु दुखाउन बाहेक केही गर्न नसकेको भन्दै उनले पीडा व्यक्त गरेकी छिन्। आफ्नो सानो सहयोगले मनलाई थोरै भए पनि हलुंगो बनाउन मद्दत पुग्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad