कर्णाली


राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला, प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला, प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय


दिनेश बुढा
असार २२, २०८२ आइतबार १९:१५, सुर्खेत

नेपालका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेसँगै हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएको हो। 

बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घाटन गर्ने हुम्ला पुग्ने गरी कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका थिए। तर, मौसम खराबीका कारण ४ घण्टा ढिलो गरी प्रधानमन्त्रीसहितको टोली हुम्ला पुगेका थियो।

प्रधानमन्त्रीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल लगायतको सहभागिता रहेको थियो। 

यस्तै, पुलको उद्घाटनसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।  

४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराएपछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। 

गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधीन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालीन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो। 

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै भारत, नेपाल र चीनबीचको व्यापारको रुपमा सहज हुने विश्वास गरिएको छ। 

यस्तै, प्रधानमन्त्री ओली बेलिब्रिजको उद्घाटन गर्दै छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसीसहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जाहेर गरे। 

उनले बेलिवृज पुलको उद्घाटन गर्दै व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताए। हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने प्रधानमन्त्री ओलीको दाबी गरे। 

यस्तै, रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि खुसी व्यक्त गर्नुका साथै नेपाली सेनाको प्रसंशा समेत गरे। 

साथै उनले आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad