कर्णाली प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउँदैछ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्रग प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि, रोजगार र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम तयार पारिएको छ।
यस्तै, नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गर्नेछन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि कर्णालीको जिम्मा पनि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँललाई दिइएको छ।
12
Shares

प्रतिक्रिया