राजनीति


कसैको दबावमा नपरी काम गर्न संक्रमणकालीन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबावमा नपरी काम गर्न संक्रमणकालीन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
जेठ २१, २०८२ बुधबार ११:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबावमा नपरी काम गर्न सक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। 

मंगबार साँझ बालुवाटारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीसँग भएको परिचयात्मक छलफलका क्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। 

‘तपाईँहरु कसैको दबाबमा नपर्नुस्। स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन। आवश्यक सहयोग गर्छ’, उनले भने। 

आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरेका थिए। 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य टीका ढकालका अनुसार स्राेत र साधन अभाव हुन नदिन कानुनमन्त्री अजयकुमार चाैरसियाले प्रधानमन्त्रीसँग अनुराेध गरेका थिए। ‘उहाँहरुलाई तत्काल कर्मचारी कार्यालय र त्यसकाे सन्चालनकाे लागि स्राेत चाहिन्छ चाैरसियाले प्रधानमन्त्रीसँग भने। 

त्यसक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी थिए।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने बताए। 

दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad