कर्णाली


खान अयोग्य हुने तहको विषादी भेटिएपछि ८७० किलो काउली नष्ट

खान अयोग्य हुने तहको विषादी भेटिएपछि ८७० किलो काउली नष्ट

दिनेश बुढा
बैशाख ८, २०८२ सोमबार १४:१५, सुर्खेत

खान अयोग्य रहेको भन्दै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले ८७० किलो काउली नष्ट गरेको छ। सल्यानबाट बिक्रीका लागि वीरेन्द्रनगर सुर्खेत ल्याइएको काउली सोमबार नष्ट गरेको हो। 

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनाल, वीरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज केसी, वीरेन्द्रनगर नगरपालिका–६ नम्बर वडाध्यक्ष जनक रावलको उपस्थितिमा काउली नष्ट गरिएको हो। 

सल्यानका तरकारी उत्पादक कृषक रतन महताराले उत्पादन गरेको काउली सुर्खेत मण्डीमा बेचबिखनका लागि राखिएको थियो। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तरगत सुर्खेतको वीरेन्द्रन्गरमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले काउलीको परीक्षण गरेको थियो। 

एकाइमा कार्यरत नायव प्राविधिक सहायक धनसिंह धामीले नष्ट गरिएको ८७० किलो काउलीमा ९९.३४८ प्रतिशत अर्गानोफस्फेट समूहको विषादीको मात्रा देखिएको जानकारी दिए।

उनका अनुसार सामान्यतया कुनै पनि तरकारीमा र कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशत भन्दा कम भएको खान योग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइमा राख्ने र पर्खिने र ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई बिसर्जन गर्नुपर्ने हुन्छ।  

यस्तै, सोमबार नै फसी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनिया, केरा तितेकरेला लगायतका तरकारी तथा फलफूलको पनि परीक्षण गरिएकोमा उपभोग गर्न योग्य नतिजा निस्किएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad